News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले अपर त्रिशुली ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ।
- नेपाल विद्युत् प्राधिकरणले थप उद्धार सामग्रीसहित टोली पठाएर टनेलभित्र रहेका व्यक्तिको उद्धार कार्यलाई प्रभावकारी बनाएको छ।
- बिहीबार ३५० जनाको उद्धार भएपछि आज सुरुङबाट थप २ जनालाई सकुशल उद्धार गरिएको छ।
१२ भदौ, काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशुली ए जलविद्युत् आयोजनामा उद्धार केन्द्रित गरिएको छ । टनेल भित्र रहेका व्यक्तिको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
अपर त्रिशुलीबाट बिहीबार ३५० जनाको उद्धार गरिएको थियो । आज टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4