+
+
Shares

प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले उद्धारमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
  • प्रहरीले भर्खरै सूचना जारी गर्दै तत्काल सचेत रहन भनेको छ।

१२ भदौ, काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ ।

प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताए ।

प्रजिअ परियारले अनलाइनखबरसँग भने,  ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।

छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।

हेर्नुहोस् प्रहरीको अलर्ट :

May be an image of road and text that says '၈င်မးာင်စ S ALERT तिब्बत तर्फ पानीको इयाम पुन: फुटेको जानकारी प्रात्त भएको हँदा उद्धार तथा राहत कार्यमा खठिनुभषका सठंपूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरुलाई सर्वर तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान/ जानकारी गराउन अनुरोध छ|'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?