+
+
Shares

सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

नदी क्षेत्रमा रहेकालाई सतर्क रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदी संगम छेउको तालबाट ग्ल्यासियर फुटेको तर ठूलो जोखिम तत्काल नरहेको बताए ।
  • पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको र चीनतर्फबाट पनि ठूलो जोखिम नरहेको जानकारी आएको बताए ।
  • रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना पाएको बताउँदै नदी आसपासका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको जानकारी दिएका छन् ।

१२ भदौ, काठमाडौं । सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए ।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।

ड्याम नै फुटेको भन्ने नभएको तर ग्ल्यासियरहरू भने फुटेको कारणले लेदोसहितको पानी ओभरफ्लो हुन पुगेको उनले बताए ।

‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्ल्यासियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ प्रवक्ता पोखरेलले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’

केहीबेर अघि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना चिनियाँ पक्षबाट आफूले पाएको बताएका थिए ।

अहिले नदी आसपासमा रहेका मानिसहरूलाई सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ पठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?