News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङलगायतको बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ दिने निर्णय गरेको छ।
- मुख्यमन्त्री सुरुरेन्द्रराज पाण्डेले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
- पाण्डेले रसुवामा सम्पर्कविहीन गण्डकी प्रदेशका नागरिकसहित सबैको खोजी र उद्धारमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिँदै भ्रामक सूचना नफैलाउन आग्रह गरेका छन्।
१२ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
धार्मिक यात्रा तथा अन्य कामका लागि रसुवा पुगेर सम्पर्कविहीन भएका गण्डकी प्रदेशका नागरिकहरूलगायत सबैको खोजी र उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग तीव्र समन्वय गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
उनले संकटको यस घडीमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन उद्योगी, व्यवसायी, राजनीतिक दल र नागरिक समाजलाई अपिल गरेका छन् । साथै, विपद्को समयमा भ्रामक र अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न पनि मुख्यमन्त्रीले विशेष आग्रह गरेका छन् ।
प्रतिक्रिया 4