+
+
Shares

नेपालको बाढीपहिरोमा ‘ड्रामा’ शब्द प्रयोग विवादबारे शशी थरुर भन्छन्- यसको अर्थ नाटक मात्र हुँदैन

थरुरले लेखेका छन्, ‘नेपालबाट गरिएको मेरो पहिलो पोस्टमा ‘ड्रामा’ शब्दको प्रयोगलाई लिएर आक्रोश व्यक्त गर्नेहरूका लागि, यो शब्दको अर्थ नाटक मात्र हुँदैन।’

कञ्चन कञ्चन
२०८३ भदौ १३ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय कांग्रेस नेता शशी थरुरले नेपालबारे आफ्नो पोस्टमा प्रयोग भएको ‘ड्रामा’ शब्दको अर्थ नाटक मात्र नभएर घटनाहरूको शृंखला पनि हुने भन्दै स्पष्टीकरण दिएका छन्।
  • थरुरले गलत अर्थ लाग्न सक्ने शब्द रोजेकोमा दुःख लागेको भन्दै रसुवा भोटेकोशी/त्रिशुली बाढीपीडितप्रति सहानुभूति र भारतको राहत सहयोगको समर्थन व्यक्त गरेका छन्।
  • नेपाल लिटरेचर फेस्टिवलमा सहभागी हुन बुधबार काठमाडौं आएका थरुरले त्यही दिनको बाढीबारे काठमाडौं ओर्लिएपछि मात्र थाहा पाएको र त्यसपछि पोस्ट गरेका हुन्।

१३ भदौ, काठमाडौं । भारतीय कंग्रेस नेता शशी थरुरले नेपालबाट गरेको पहिलो पोस्टमा प्रयोग गरिएको ‘ड्रामा’ शब्दलाई लिएर आक्रोश व्यक्त गर्नेहरूका लागि स्पष्टीकरण दिएका छन्। उनले ‘ड्रामा’ शब्दको अर्थ नाटक वा अभिनय मात्र नहुने बताएका छन्।

यस शब्दको अर्थ ‘तीव्र रूपमा ठोकिने शक्तिहरू संलग्न भएको अवस्था, स्थिति वा घटनाहरूको श्रृंखला’ पनि हुन्छ । थरुरले आफूले यही अर्थमा प्रयोग गरेको स्पष्ट पारेका छन्।

थरुरले लेखेका छन्, ‘नेपालबाट गरिएको मेरो पहिलो पोस्टमा ‘ड्रामा’ शब्दको प्रयोगलाई लिएर आक्रोश व्यक्त गर्नेहरूका लागि, यो शब्दको अर्थ नाटक मात्र हुँदैन।’

अन्तमा थरुरले लेखेका छन्, ‘तर सजिलै गलत अर्थ लगाउन सकिने शब्द रोजेकोमा मलाई दुःख लागेको छ।’

धेरै सोसल मिडिया प्रयोगकर्ताहरूले भने उनको शब्द चयनलाई समातेका छन् । उनीहरूले ‘पहाडमा भएको ‘ड्रामा’ बारे पूर्ण रूपमा अनभिज्ञ’ भन्ने वाक्यांशलाई लिएर प्रश्न उठाएका छन्।

एक जना प्रयोगकर्ताले लेखेका छन्, ‘के प्रकृतिको प्रकोप नाटक थियो? शब्द चयनमा तपाईँ यति धेरै संवेदनशील कसरी हुन सक्नुहुन्छ ? कहिले के बोल्ने भन्ने थाहा नभएपछि डिक्सनरी थाहा पाउनुको के फाइदा ? तपाईंको ‘सहानुभूति’ नै यहाँ नाटक जस्तो देखिन्छ !’

अर्का एक प्रयोगकर्ताले भनेका छन्, ‘सर, तपाईं भारतीय अंग्रेजीका शेक्सपियर हुनुहुन्छ । पहिलो अनुच्छेदको दोस्रो वाक्यमा ‘ड्रामा’ शब्दको प्रयोग उपयुक्त छ र ?’

एक एक्स प्रयोगकर्ताले यति धेरै शब्दभण्डार भएको व्यक्तिका लागि ‘ड्रामाबारे अनभिज्ञ’ शब्दको प्रयोग ‘खराब शब्द चयन’ भएको बताएका छन्।

शब्दका पारखी, लेखक तथा राजनीतिज्ञ थरुरले प्रयोगमा ल्याएको अति कम प्रयुक्त शब्द ‘फेरागो’ लाई सम्झँदै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘मिस्टर एक्जास्परेटिङ फेरागो – के यो ‘ड्रामा’ हो?’ फेरागो शब्दको अर्थ ‘असमञ्जसको मिश्रण’ हुन्छ।

अर्को पोस्टमा लेखिएको छ, ‘ड्रामा?? तपाईँ शब्दका पारखी हुनुहुन्छ र तपाईँले सोचेको शब्द यही हो? साँच्चै…?’

नेपाल लिटरेचर फेस्टिवलले काठमाडौमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन थरुर बुधबार नेपाल आएका थिए । सोही कार्यक्रममा उनको पुस्तक ‘व्हाई आई एम हिन्दू’ को नेपाली संस्करण ‘म किन हिन्दू’ लोकार्पण गरिएको थियो ।

सोही दिन बिहान रसुवाको भोटेकोशी/त्रिशुली नदीमा आएको भीषण बाढी आएको थियो ।
त्यसको भोलिपल्ट थरुरले उक्त बाढीबारे एउटा पोस्ट गरेका थिए। उक्त पोस्टमा उनले प्रयोग गरेको ड्रामा शब्दलाई लिएर सोसल मिडियामा उनको आलोचना भएको हो ।

उक्त पोस्टमा थरुरले आफू काठमाडौं ओर्लिएपछि मात्र यो विनाशबारे थाहा पाएको बताएका छन् । उनले पीडितहरूप्रति सहानुभूति जनाएका छन्। साथै उनले भारत सरकारले नेपाललाई दिने राहत सहयोगको समर्थन पनि गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘म भारतीय सरकारले तुरुन्तै राहत सहयोग दिने प्रतिज्ञाको पूर्ण समर्थन गर्छु। नेपाललाई अहिले सम्भव भएसम्म सबै सहयोगको आवश्यकता छ।’

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?