+
+
Shares

अर्थमन्त्री भन्छन्- उद्धार, राहत र पुनर्स्थापनामा स्रोतको कमी हुन दिन्नौं

अर्थमन्त्री वाग्लेले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताएका हुन् ।

रासस रासस
२०८३ भदौ १३ गते २१:५३

१३ भदौ, नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।

नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा अर्थमन्त्री वाग्लेले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताएका हुन् ।

‘राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्‍याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ’, अर्थमन्त्री वाग्लेले भने, ‘शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन ।’

उनले बाढीका कारण सम्पर्कविच्छेद भएका प्रमुख दुई/तीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताए ।

सोही छलफलमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशीमा हालै आएको बाढी कल्पनाभन्दा बढी शक्तिशाली भएकाले अहिले राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएको बताए । उनले भने, ‘आजसम्म जुन स्तरमा काम भइरहेको छ, राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएकाले मात्र यति सम्भव भएको हो ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?