+
+
Shares

बाढीपीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ११:४३

१४ भदौ, काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ ।

हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवम् घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?