काठमाडौं । भोटेकोशी बाढीपछिको असहज स्थितीलाई कारण देखाउँदै फिल्म ‘ककाकिकी’ले पूर्वनिर्धारित प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ । निर्माता कम्पनी माया इन्टरटेनमेन्ट स्टुडियोले वक्तव्य जारी गर्दै फिल्म १९ भदौमा रिलिज नहुने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस्तो अवस्थामा हाँस्ने, हँसाउने लगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न हामीले सकेनौं र सोही कारण आउँदो भदौ १९ मा रिलिज हुने हाम्रो चलचित्रको रिलिज तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं ।’
यो फिल्मको प्रदर्शन मिति ११ मंसिरमा हुने पनि विज्ञप्तिमा उल्लेख छ । ‘ककाकिकी’लाई श्रद्धा प्रसाईंले निर्देशन गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4