+
+
Shares

कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन गर्दै विभाग

नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सडक भासिएको हो । जसले गर्दा अहिले मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १४:०२

१४ भदौ, काठमाडौं । सडक विभागले मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ ।

धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा नदीले सडक कटान गर्दा भासिएको छ । विभागका महानिर्देशक डा. विजय जैसीका कारण आज प्राविधिक पुगेर त्यस क्षेत्रको अध्ययन गर्दैछन् । सोही टोलीले दिने सुझावका आधारमा सडक पुन: सुरु गर्न काम थालिने छ ।

नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सडक भासिएको हो । जसले गर्दा अहिले मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध छ ।

‘एक त आफैंमा यो जटिल भूगोल भएको क्षेत्र हो,’ उनले अनलाइनखबरसँग भने,  ‘त्यसमाथि नदीले तलबाट कटान गरिरहेका कारण जोखिम मूल्यांकनपछि हामी निर्णय लिन्छौं ।’

१० भदौको बाढीपछि गल्छी क्षेत्र डुबानमा पर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । गल्छीको अवरोध हटाएर राजमार्ग पुन: सुरु गरेको दोस्रो दिनमै पृथ्वी राजमार्ग पुन: अवरुद्ध हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?