+
+
Shares

सिद्धार्थ बैंकद्वारा उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १४:५०

१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।

विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै प्रभावित समुदायको पुनःस्थापना, उद्धार र जनजीवन पुनर्बहालीका लागि सफलताको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?