+
+
Shares

माथिल्लो त्रिशूली १ मा फसेकाहरूका उद्धारको माग गर्दै आफन्तले घेरे कम्पनी

माथिल्लो त्रिशूली १ मा फसेकाहरूका आफन्तले थापाथलीमा रहेको कम्पनीमा धर्ना दिएका छन्।

शंकर गिरी शंकर गिरी
२०८३ भदौ १४ गते १५:१६

१४ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली १ मा फसेकाहरूका आफन्तले थापाथलीमा रहेको कम्पनीमा धर्ना दिएका छन्। थापाथलीमा रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) मा धर्ना दिएका हुन्।

बाढी गएको ५ दिन बिनिसक्दा समेत आफन्तहरूको उद्धार हुन नसकेको भन्दै उद्धारको माग गर्दै घेराउ गरेका हुन्। उनीहरूले कम्पनीको लापरबाहीका कारण आफन्तहरूको उद्धार हुन नसकेको आक्रोश पोखे।

अन्य जलविद्युत कम्पनीमा फसेकाहरूको उद्धार भइरहेको तर, माथिल्लो त्रिशूली १ को क्याम्पमा फसेकाहरूको नभएको भन्दै उनीहरूले ध्यानार्षण गराएका हुन्।

उक्त आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि अहिले ड्रिलिङ गर्ने र भित्र अक्सिजन पठाउने प्रयास भइरहेको बताइएको छ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?