+
+
Shares

केसीएम-सियाम बीबीए कार्यक्रमको नवौँ दीक्षान्त समारोह सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १६:३५

१४ भदौ, काठमाडौं । थाइल्याण्डको सियाम विश्वविद्यालयसँगको साझेदारीमा काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम)ले नवौं दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

केसीएमले सियामसँगको साझेदारीमा सन् २०१४ देखि सुरु गरेको चार वर्षे ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) कार्यक्रमको दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

काठमाडौं मेरियट होटलमा आयोजित दीक्षान्त उत्सवमा बीबीए कार्यक्रमको ब्याच २०२१–२०२५, २०२२–२०२६ (फल ब्याच) र २०२२–२०२६ (स्प्रिङ ब्याच) का गरी १२४ जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, सियाम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट डा. मरुज लिम्पावाट्टना, कलेजका अध्यक्ष नीलकण्ठ उप्रेती र कलेजका प्रिन्सिपल विष्णुराज अधिकारीले स्नातक विद्यार्थीलाई संयुक्त रुपमा उपाधि पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पण्डितले हरेक विद्यार्थीले आफू सफल बन्ने कि असल बन्ने भन्नेमा स्पष्ट हुनुपर्ने र अध्ययनपश्चात निष्ठापूर्वक कार्यक्षेत्रमा उत्रनुपर्ने बताए । रोजगार हुनुजत्तिकै समाजप्रति उत्तरदायी ह्ुनु पनि आवश्यक भएको सियाम विश्वविद्यालयका भाइस प्रेसिडेन्ट डा. मरुज लिम्पावाट्टनाले बताए ।

यसैगरी दीक्षान्त उत्सवमा उत्कृष्ट विद्यार्थीहरुले कलेजमा अध्ययनरत रहँदाका सिकाइ र भोगाइका आफ्ना अविस्मरणीय अनुभव सुनाएका थिए । नेपालमै पहिलो पटक व्यवस्थापन संकायको बीबीए कार्यक्रमको सुरुवात गरेको केसीएमले यसै वर्षदेखि सियाम विश्वविद्यालयकै सम्बन्धनमा बीएससी कम्प्युटर एण्ड डेटा साइन्स र बीएससी इन्फरमेसन टेक्नोलोजी विषयक कार्यक्रम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?