+
+
Shares

अमेरिकाले इरानमाथि फेरि गर्‍यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सेनाले इरानको लाराक द्विपस्थित दुई सैन्य अड्डामा हमला गरेको छ, र यो जुलाईपछि इरानमाथिको पहिलो ज्ञात अमेरिकी सैन्य कारबाही हो।
  • अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सका अनुसार आईआरजीसीले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि हमला गरिएको हो।
  • आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र घाइते भएको जनाएको छ, र अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनी दिएको छ।

१५ भदौ, काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन् ।

जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कारबाही गरेको हो।

आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मारिएको र केही घाइते भएको जनाएको छ।

साथै, उसले अमेरिकाविरुद्ध ‘जवाफी कारबाही र सजाय’ दिने चेतावनी दिएको छ।

त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दाबी गरेका छन् । यसबारे अमेरिकी सेन्ट्रल कमान्डको प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

आईआरजीसीको दाबीपछि जोर्डनको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्र रोकेको जनाएको छ।

जोर्डनको सशस्त्र सेनाले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा आठवटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको उल्लेख छ।

यसअघि जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। त्यसयता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला भएको बताइएको छ।

पछिल्लो घटनाक्रमले अमेरिका र इरानबीचको तनाव पुनः चर्किन सक्ने संकेत गरेको छ। विशेषगरी विश्वको महत्त्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा सुरक्षा चुनौती थपिन सक्ने आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?