+
+
Shares

सुरुङमा फसेकाको उद्धारमा के भयो प्रगति ?

नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार त्रिशूली थ्री ए मा राति २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ११:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी आएको छैटौं दिनसम्म पनि रसुवा र आसपासका जलविद्युत आयोजनाका पुरिएका सुरुङभित्र उद्धार र खोजी कार्य जारी छ।

१५ भदौ, काठमाडौं । गत बुधबार बिहान एक्कासी आएको बाढीले रसुवा, नुवाकोटका नदी किनार क्षेत्र  तहसनहस भएका छन् ।  बाढीले रसुवा, नुवाकोटका जलविद्युत आयोजनाका सुरुङसमेत पुरिएका छन्।

उक्त सुरुङमा ठूलो संख्यामा मान्छे रहेको आशंका गरिएको छ । बाढी आएको छैटौं दिन पुग्दा पनि ती सुरुङहरूमा उद्धारको काम हुन सकेको छैन।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार त्रिशूली थ्री ए मा राति २ बजे कन्ट्रोल ब्लास्ट गरिएको थियो । साथै दुई वटा स्काभेटरले करिब १० मिटर तलसम्म लगेर होल बनाउने काम भएको छ ।

सुरुङभित्रको पानी, हिलो र लेदोलाई अहिले सफागर्ने काम भइरहेको सेनाले जानकारी दिएको छ ।

अर्को सुरुङ त्रिशूली थ्री बीमा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धार भइरहेको बताइएको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्रबामट करिब १०० मिटर प्रवेश गरी खोजी गरेको छ । सो क्रममा भित्री भागमा हिलो माटोले पुरिएको अवस्थामा रहेको दुई वटा शव समेत निकालिएको छ ।

अप्पर त्रिशूली १ मा खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब ३०० मिटरसम्म प्रवेश गरेर खोजी कार्य गरेको सेनाले बताएको छ । यो सुरुङबाट एक शव निकालिएको छ ।

लाङटाङ सुरुङमा पनि खोजी कार्य सुरु भएको सेनाले बताएको छ । यो सुरुङमा टर्च लाइटको प्रयोगसहित खोज तथा उद्धारको काम भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?