+
+
Shares

जलेश्वर कारागारका कैदीबन्दीले गरे बाढी पीडीतलाई एक लाख सहयोग

कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्‌मा सहयोग गर्न चन्दा संकलन गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १५:४०

१५ भदौ, जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन् । कारागारमा रहेका ४५५ कैदीबन्दीले विपद्‌मा सहयोग गर्न चन्दा संकलन गरेका थिए ।

गत भदौ १० गते रसुवाको भोटे कोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । बन्दीहरूले पीडितको राहत तथा उद्धार कार्यका लागि उक्त रकम आफैमा संकलन गरेर प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको कारागार प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?