+
+
Shares

न्यायाधीश श्रेष्ठको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट आइतबार अवकाश भएका छन् ।
  • उनी उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका थिए र फेसबुकमा न्याय सेवामा सक्रिय रहने सन्देश प्रकाशित गरेका छन् ।
  • श्रेष्ठ साउन २०४४ मा न्यायसेवामा प्रवेश गरेर चैत २०७८ देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए ।

१५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदबाट अवकाश भएका छन् । उपचारका क्रममा केही महिनादेखि बिदामा रहेका उनले आइतबारदेखि अवकाश लिएका हुन् ।

आइतबार बिहान फेसबुकमा एक सन्देश प्रकाशित गर्दै अवकाशप्राप्त न्यायाधीश श्रेष्ठले आफू पदबाट अवकाश भएपछि न्याय सेवामा सक्रिय रहने बताएका छन् ।

साउन, २०४४ मा न्यायसेवामा प्रवेश गरेका श्रेष्ठ चैत, २०७८ देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए । छिटोछरितो न्यायसम्पादनको पक्षपाती उनले मुद्दा व्यवस्थापन र पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?