News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ एपमार्फत प्रधानमन्त्री राहत कोषमा सिधै रकम जम्मा गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
- केन्द्रीय बैंकले क्यूआर कोड स्क्यान र अन्तरबैंक फन्ड ट्रान्सफरका साथै एपबाटै रकम प्रविष्ट हुने छुट्टै विकल्प राख्न पनि भनेको छ।
१५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै क्यूआर वा अन्तर बैंक फन्ड ट्रान्फरका अलवा सिधै रकमान्तर गर्ने व्यवसथा गर्न भनेको हो । सरकारले विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलेको प्रधानमन्त्री राहत कोष खातामा मोबाइल बैंकिङ एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फन्ड ट्रान्सफर गरी रकमान्तर गर्न सकिन्छ ।
अबदेखि भने बैंक तथा वित्तीय संस्थाले एपमार्फत नै सोझै रकम प्रविष्ट हुनेगरी तोकिएका खातामा रकम जम्मा हुने छुट्टै विकल्पको समेत व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4