+
+
Shares

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घको १५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख एक हजार १०१ जम्मा गरेको छ।
  • सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले प्रभावित परिवारलाई तत्काल राहत दिन सरकारी निकाय, सङ्घसंस्था र नागरिकलाई सहयोग गर्न आग्रह गरेका छन्।

१५ भदौ, पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए।

विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको सङ्घले बाढीबाट जनधनको क्षति व्यहोरेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई समेत आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?