+
+
Shares

भारतर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा आएको बाढीपछि कुशीनगर हुँदै बग्ने गण्डक नदीमा हालसम्म १३ वटा अज्ञात शव फेला परेका छन्।
  • फेला परेका शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्, र ६ शव मेडिकल कलेजको शवगृहमा तथा ७ शव गोरखपुर एम्समा राखिएको छ।
  • कुशीनगर प्रशासनले नेपालका अधिकारीसँग सम्पर्क गरिरहेको छ, र पोस्टमार्टमपछि शव नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ।

१६ भदौ, काठमाडौं । नेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ।

कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।

नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी ७ वटा शवलाई गोरखपुरस्थित एम्स पठाइएको प्रशासनले जनाएको छ।

नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।

कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवले दिएको जानकारीअनुसार शवसम्बन्धी निर्धारित कानुनी प्रक्रियाअनुसार आवश्यक सबै काम भइरहेको छ।

उनका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको छ। साथै, भारतीय विदेश मन्त्रालयमार्फत पनि बरामद भएका शवबारे नेपाललाई जानकारी गराउने काम भइरहेको छ।

प्रशासनका अनुसार शवको पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि ती शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि शवको पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउने प्रक्रिया अघि बढाइनेछ।

यसैबीच, नेपालबाट भारततर्फ आउने तथा आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?