+
+
Shares

रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा भे१ज ६०४५ नम्बरको जिप सडकबाट चिप्लिएर करिब ५० मिटर तल खसेर दुर्घटना भएको छ।
  • दुर्घटनामा ८ जना घाइते भएका छन् र उनीहरूलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।
  • घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१६ भदौ, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ

रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे१ज ६०४५ नम्बरको जिप मंगलबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

सडकबाट चिप्लिएर जिप करिब ५० मिटर तल खसेर दुरघटना भएको उनले बताए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?