+
+
Shares

३ दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ४ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो तीन दिनमा सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेर मंगलबार ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ।
  • मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • गत शुक्रबारको तुलनामा चाँदीको भाउ तीन दिनमा २०० रुपैयाँ घटेको छ।

१६ भदौ, काठमाडौं । पछिल्लो तीन दिनमै सुनको मूल्य तोलामा १२ हजार ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँ कमी हो ।

त्यस्तै गत शुक्रबारको तुलनामा १२ हजार ४ सय रुपैयाँ कमी हो । यो साता लगातार सुनको भाउ घटेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आज १५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ७६५ रुपैयाँ छ । तीन दिनमा चाँदीको भाउ २०० रुपैयाँ घटेको छ । यसअघि शुक्रबार चाँदीको भाउ ४ हजार ९६५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?