+
+
Shares

रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ अझै सम्पर्कविहीन

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ १६ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका सल्यानका एक पुरुषको मृत्यु भएको छ ।
  • बाढीपछि कर्णालीका २७० जना सम्पर्कविहीन भएकामध्ये ७५ जना सम्पर्कमा आएका छन् र १९४ जनाको अवस्था अझै अज्ञात छ ।
  • अझै सम्पर्कविहीन १९४ जनामध्ये जुम्लाका ८१, सल्यानका ५४, सुर्खेतका १६ र मुगुका ११ जना रहेका छन् ।

१६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन बनेका कर्णालीका १९४ जनाको अवस्था भने अझै अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, बाढीमा परी सल्यानका एक पुरुषको मृत्यु भएको हो । मंगलबार दिउँसो १२ बजेसम्मको विवरणअनुसार बाढीपछि कर्णालीका २७० जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ७५ जना हालसम्म सम्पर्कमा आएका छन् ।

अझै सम्पर्कविहीन रहेका १९४ जनामध्ये सबैभन्दा धेरै जुम्लाका ८१ जना पुरुष छन् । सल्यानका ५४ जना, सुर्खेतका १६ जना, मुगुका ११ जना सम्पर्कविहीन छन् ।

यस्तै, रुकुम पश्चिमका ९, हुम्लाका ७, कालिकोटका ६, दैलेखका ५, जाजरकोटका ३ र डोल्पाका २ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सम्पर्कविहीन रहेका १९४ जनामा १५९ पुरुष, २८ महिला र ७ जना बालबालिका छन् । जिल्लागत विवरणअनुसार सल्यानका ४० पुरुष, ११ महिला र ३ बालबालिका तथा सुर्खेतका १५ पुरुष र १ महिला सम्पर्कविहीन छन् ।

मुगुका ६ पुरुष, ४ महिला र १ बालक तथा अन्य जिल्लाबाट समेत नागरिक सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढीमा सम्पर्कविहीन भएकामध्ये ७५ जना सम्पर्कमा आए पनि अझै ठूलो संख्यामा नागरिकको अवस्था अज्ञात रहेकाले खोज तथा उद्धारको कामलाई तीव्रता दिनुपर्ने अवस्था छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?