+
+
Shares

इरानी राष्ट्रपतिले भने- अमेरिका इस्लामावाद एमओयूमा फर्किए इरान पनि तयार छ

मंगलबार सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १५:५२

१६ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका इस्लामावाद एमओयूअनुसार आफ्नो जिम्मेवारी निभाउन तयार भए इरान पछि सम्झौता लागु गर्न शीघ्र सुरु गर्ने बताएका छन् ।

मंगलबार सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘इरान र अमेरिकाबीच इस्लामावाद एमओयूमा अमेरिकी राष्ट्रपतिको पनि दस्तखत थियो,’ उनले भने, ‘तर, यो दस्तावेजप्रति अमेरिकाले दुई हप्ता भन्दा पनि कम समय मात्रै प्रतिबद्धता देखायो ।’

अमेरिकाले वाचा र दायित्वको उल्लंघन गरेको र त्यसको जवाफमा इरानले उचित प्रतिक्रिया दिएको पेजेस्कियानले टिप्पणी गरे ।

इरानका अन्य नेता र सैन्य अधिकारीले पनि पछिल्लो समय बारम्बार अमेरिका इस्लामावाद एमओयूमा फर्किए त्यसका सर्त इरान पनि मान्न तयार हुने बयान दिँदैआएका छन् ।

पाकिस्तानको मध्यस्थतमा गत जुन महिनामा अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा युद्ध रोक्न र दीगो शान्ति कायम गर्न सहमति जुटेको थियो । त्यसलाई इस्लामावाद एमओयू भनेर चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?