+
+
Shares

गृहमन्त्रीले भने– आशा मारेका छैनौं, सुरुङको माथिबाट पनि खन्ने प्रयास हुँदैछ

‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले रसुवाको बाढीका कारण जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि सुरुङको माथिबाट ड्रिल गरेर प्रयास भइरहेको बताए।
  • उहाँले ‘‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौं ।’’ भनेर राज्यले उद्धार प्रयास जारी राखेको उल्लेख गर्नुभयो।

१६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी गराएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी गराउने क्रममा उनले यस्तो बताएका हुन्  ।

‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने ।

साथै, गृहमन्त्री गुरुङले अझै आशा नमारेको पनि जिकिर गरे ।

‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौं । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ । हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गर्नुभएको छ,’ गृहमन्त्री गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?