News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको छ।
- बैठकले केन्द्रमा बनेको राजनीतिक सञ्जाललाई सबै तहमा विस्तार गर्ने र बागमती प्रदेशदेखि बाढी प्रभावित जिल्ला तथा पालिकामा पनि संयन्त्र गठन गर्ने सहमति गरेको छ।
- एमाले, नेकपा र कांग्रेसका नेताहरूले सुरुङमा फसेका वा थुनिएका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय, प्राविधिक र विज्ञ सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।
१६ भदौ, काठमाडौं । सर्वदलीय बैठकले राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको छ ।
रास्वपाको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद्को अवस्थामा एकजुट भएर राहत, उद्धार र पुनर्स्थापनामा सरकारसँग समन्वय गरेर अघि बढ्ने सहमति गरेको हो ।
बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले खोजी, उद्धार र राहतका विषयमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझाव तथा प्रतिक्रियाहरूलाई गम्भीर रूपमा लिइएको बताए ।
उनले केन्द्रमा बनेको राजनीतिक सञ्जाललाई सवै तहमा विस्तार गर्ने सहमति भएको उल्लेख गरे ।
यस्तै प्रकारका सर्वदलीय बैठक तथा संयन्त्रहरू बागमती प्रदेश, बाढी प्रभावित सबै जिल्ला तथा स्थानीय पालिकाहरूमा पनि गठन गरिने उनको भनाइ छ ।
संयन्त्रहरूको मुख्य उद्देश्य तिनै तहका सरकारहरूले गरिरहेका विपद् व्यवस्थापनसम्बन्धी काममा सहयोग र सहजीकरण गर्नु हुने उल्लेख पनि उनले गरे ।
सिङ्गो बस्ती सार्न तीनै तहका सरकार, नागरिक, प्रभावित समुदाय र राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिँदै अघि बढ्ने सहमति भएको समेत प्रवक्ता खरेलले बताए ।
बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले प्रभावित क्षेत्रका पीडित नागरिकहरूलाई राहत वितरण गर्ने कुरामा सरकार गम्भीर हुनुपर्ने, सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिनुपर्ने सुझाव दिएको बताए ।
त्यस्तै नेकपा नेता वर्षमान पुनले सुरुङमा थुनिएका मजदुरको उद्दारका लागि बिज्ञहरु परिचालन गर्नुपर्ने बताए । निजी क्षेत्र र अन्य विदेशी कम्पनीहरुलाई समेत उद्धारमा खुला गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुरुङमा थुनिएका व्यक्तिहरूलाई खोजी र उद्धार कार्यमा सरकारले अन्य देशसंग प्राविधिक सहयोग लिनुपर्ने बताए ।
प्रतिक्रिया 4