News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार स्थानीय बजारमा कागतीको थोक भाउ औसत ९५ रुपैयाँ बढेको छ।
- मंगलबार प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयाँमा किनबेच भएको कागती बुधबार ३ सय ५० देखि ४ सय रुपैयाँमा पुगेको छ।
१७ भदौ, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार कागतीको भाउ बढेको देखाएको हो ।
आज बुधबार कागतीको भाउ थोकमा प्रतिकिलो औसत ९५ रुपैयाँ बढेको छ । हिजो मंगलबार कागती थोकमा प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
आज बुधबार भने प्रतिकिलो न्यूनतम ३ सय ५० देखि अधिकतम ४ सय र औसत ३ सय ७० रुपैयाँमा कागती किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4