News Summary
Generated by OK AI. Editorially reviewed.- चीनले रसुवगढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ।
- सडक खुलेसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण र भारी मेसिनरी विपद्को मुख्य प्रभावित क्षेत्रमा सडकमार्फत पुग्न सक्ने भएका छन्।
- पानीका कारण अवरुद्ध सडकको अन्तिम खण्ड अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याइएको सीसीटिभीले जनाएको छ।
१७ भदौ, काठमाडौं । चीनले रसुवगढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ।
यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
सडक खुलाउने काम विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। त्यहाँ भिन्न विधिको समन्वयमार्फत खोज तथा उद्धार कार्य भइरहेको छ।
सीसीटिभीका अनुसार पानीका कारण अवरुद्ध भएको सडकको अन्तिम खण्डलाई अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याइएको छ । जसले गर्दा भारी मेसिनरीसमेत आवतजावत गर्न सक्ने भएको छ।
केरुङ नाकाको मुख्य विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय राजमार्ग सफा गर्ने भारी मेसिनरीको काम चिनियाँतर्फको केरुङ नाका भवन रहेको मूल स्थाननजिकैसम्म पुगेको छ।

प्रतिक्रिया 4