News Summary
Generated by OK AI. Editorially reviewed.- केएल दुगड ग्रुपले भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारका लागि दुई ट्रक खाद्यान्न सहयोग गरेको छ ।
- ग्रुपले विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरेको छ ।
- सडक सञ्जालमा क्षति पुगेकाले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने तयारी रहेको ग्रुपले जनाएको छ ।
१७ भदौ, काठमाडौं । केएल दुगड ग्रुपले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न सहयोग गरेको छ ।
ग्रुपले पहिलो चरणमा रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको हो ।
उक्त राहत सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ ।
राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री रहेका छन् ।
बाढीका कारण दैनिक जीवनयापन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराई कठिन समयमा राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ।
वर्षा तथा बाढीका कारण सडक सञ्जालमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा थप राहत सामग्री चरणबद्ध रूपमा पुर्याउने तयारी रहेको ग्रुपले जनाएको छ ।
प्रतिक्रिया 4