+
+
Shares

आश्मा र नीतिले बाढी प्रभावितलाई दिए १५ लाखको सहायता सामग्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमिस नेपाल आश्माकुमारी केसी र अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई झन्डै १५ लाख रुपैयाँ बराबरको दोस्रो चरणको राहत सामग्री दिएका छन्।
  • उनीहरूले हामी नेपालमार्फत ५१ टेन्ट, २०० कार्टुन चाउचाउ, नयाँ लुगा, स्यानिटरी प्याड र टर्च लाइट उपलब्ध गराएका हुन्।
  • यी टेन्टबाट ५०० देखि ६०० जनाले अस्थायी आवास सुविधा पाउनेछन्, र सामग्री प्रभावित थलोमा बाँडिनेछ।

काठमाडौं । पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन् ।

आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत सामग्री यी दुई सेलिब्रेटीले सामाजिक संस्था हामी नेपालमार्फत प्रभावितलाई प्रदान गरेका हुन् ।

उनीहरूले प्रदान गरेका सहायता सामग्रीमा ५१ वटा टेन्ट, २०० कार्टुन चाउचाउ, नयाँ लुगा, स्यानिटरी प्याड, टर्च लाइट लगायत छन् । उपलब्ध गराइएका ५१ वटा टेन्टमा ५०० देखि ६०० जनाले अस्थायी आवासको सुविधा लिने पाउनेछन् ।

प्रदान गरिएका ती सामग्रीलाई हामी नेपाल संस्थाले प्रभावित थलोमा बाँड्ने जनाइएको छ । केही दिनअघि आश्मा र नीतिले बाढी प्रभावित बेत्रावतीका एक व्यक्तिलाई ३ लाख रुपैयाँ प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?