+
+
Shares

ज्योति विकास बैंकद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्योति विकास बैंकले रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
  • बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
  • बैंकले रसुवा, नुवाकोट र धादिङका सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि थप ५० लाख रुपैयाँसम्म चरणबद्ध सहयोग गर्ने जनाएको छ।

१७ भदौ, काठमाडौं । ज्योति विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। यस्तै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रमअन्तर्गत चरणबद्ध रूपमा थप ५० लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने जनाएको छ ।

बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

ज्योति विकास बैंकले हाल उपत्यका र उपत्यकाबाहिर गरी ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?