+
+
Shares

‘सिर्जनाको स्वास्थ्य परीक्षण भइसक्यो, कुनै समस्या छैन’

जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख डा. अञ्जु कार्कीका अनुसार सिर्जनाको स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या देखिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते २०:४०

१७ भदौ, काठमाडौं । नुवाकोट त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटीको स्वास्थ्य परीक्षण भएको छ । १० गते बाढी आएका बेला उनी लडेकी थिइन् ।

जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख डा. अञ्जु कार्कीका अनुसार सिर्जनाको स्वास्थ्य परीक्षण गर्दा कुनै समस्या देखिएको छैन ।

‘उहाँको अल्ट्रासाउन्ड गरेर हेरिएको छ । स्वास्थ्यमा कुनै समस्या छैन,’ कार्कीले भनिन्, ‘स्कुलमा पनि नर्स हुनुहुन्छ । स्पेसल केयर भइरहेको छ ।’

सात महिनाकी गर्भवती सिर्जना अहिले नुवाकोट विदुर नगरपालिका–८ भैरुम माध्यमिक विद्यालयको कोठामा बसेकी छन् ।

जनस्वास्थ्य कार्यालयले उनको उपचारमा कुनै कमि हुन नदिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?