+

एनएसजेएफ र सिद्धार्थ बैंकबीच प्रायोजन सम्झौता

२०८३ भदौ  १८ गते ११:५६ २०८३ भदौ १८ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ का लागि सिद्धार्थ बैंक लिमिटेडसँग बैंकिङ पार्टनर प्रायोजन सम्झौता गरेको छ ।
  • अवार्डको २३औं संस्करण भदौ १८ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदै छ ।
  • एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा पुरस्कार प्रदान गरिनेछ, र पिपल्स च्वाइसमा ५ खेलाडी प्रतिस्पर्धामा छन् ।

१७ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण भोलि भदौ १८ गते बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदै छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेशराज महर्जनबीच सम्झौतापत्र आदानप्रदान भएको छ ।

बैंकिङ पार्टनरका रूपमा जोडिएको सिद्धार्थ बैंकले केवल औपचारिक प्रायोजनमा सीमित नभइ खेलकुदको समग्र विकास, प्रतिभा पहिचान, अवसर सिर्जना र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित प्रयास गर्दै आएको छ ।

खेलकुदले युवाको प्रतिभा र क्षमता विकास गर्नुका साथै राष्ट्रको पहिचान र गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्दछ भन्ने बैंकको धारणा रहेको छ । मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गरिनेछ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा प्रदान गरिनेछ । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।

पिपल्स च्वाइससहित पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स -एमएमए_ का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन् ।

एनएसजेएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय