News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (मसाल) का मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ २१ भदौमा प्रज्ञा प्रतिष्ठानको सभा हलमा मञ्चन हुने भएको छ।
- रक्तिम सांस्कृति अभियानले नाटकमा पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक आन्दोलन र आन्दोलनकारीको संघर्षलाई प्रस्तुत गरिने जनाएको छ।
- नाटक प्रदर्शनमा १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिनेछ र संकलित रकमको ५० प्रतिशत भोटेकोसी बाढीपीडितलाई दिइनेछ।
काठमाडौं । नेकपा (मसाल) का महामन्त्री तथा साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ मञ्चन हुने भएको छ । २१ भदौमा प्रज्ञा प्रतिष्ठानको सभा हलमा नाटक मञ्चन गर्न लागिएको हो ।
पार्टीको सांस्कृतिक फाँट रक्तिम सांस्कृति अभियानले नाटक मञ्चन हुने जनाएको छ । सो नाटकमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालन भएको लोकतान्त्रिक आन्दोलन, राजनीतिक सन्दर्भ र आन्दोलनकारीको संघर्षलाई कलात्मकरुपमा प्रस्तुत गरिन लागेको रक्तिमले जनाएको छ ।
महासचिव हेमराज आश्रमका अनुसार आन्दोलनमा सहभागी तथा पक्राउ परेका व्यक्तिको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई ऐतिहासिक आन्दोलनबारे जानकारी गराउने उद्देश्य राखिएको बताइएको छ ।
भारतमा रहेका प्रवासी नेपालीले पञ्चायतविरुद्ध गरेको आन्दोलनका क्रममा १२ मे १९८६ (२९ वैशाख २०४३) मा भएको दमनलाई आधार बनाएर नेता सिंहले यो नाटक तयार पारेका थिए ।
नाटक प्रदर्शनका क्रममा १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने पनि आयोजकले जनाएको छन् । सम्मानित हुनेहरूमा राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा, चन्द्रबहादुर केसी, किशन अधिकारी लगायत छन् ।
कार्यक्रममा संकलन हुने रकमबाट ५० प्रतिशत भोटेकोसी बाढीपीडितका लागि मद्दत गरिने भएको छ । यस्तै सिंहले लेखेको पुस्तक १२ मई बाटप्राप्त रोयल्टी रकम पनि पूरै बाढीपीडितलाई प्रदान गरिने भएको छ ।
प्रतिक्रिया 4