+
+
Shares

बाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति गर्न अमेरिकाले दियो तीन सोलार चार्जिङ ट्रेलर

सोलार चार्जिङ ट्रेलर अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले अमेरिकी न्याय विभागसँगको सहकार्यमा उपलब्ध गराएको अमेरिकी राजदूतावासले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले भोटेकोशी बाढीबाट प्रभावित दुर्गम क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सशस्त्र प्रहरीलाई ३ वटा सोलार चार्जिङ ट्रेलर सहयोग गरेको छ।
  • अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख विल भनले ती सोलार चार्जिङ ट्रेलर औपचारिक रूपमा सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरे।
  • सशस्त्र प्रहरीले बाढी प्रभावित दुर्गम समुदायमा भरपर्दो विद्युत् उपलब्ध गराउन ट्रेलर परिचालन गर्नेछ।

१८ भदौ, काठमाडौं । अमेरिकाले भोटेकोशी बाढीबाट प्रभावित दुर्गम क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सशस्त्र प्रहरीलाई तीन वटा सोलार चार्जिङ ट्रेलर सहयोग गरेको छ ।

अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख विल भनले ती सोलार चार्जिङ ट्रेलर औपचारिक रूपमा सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरे ।

सशस्त्रले बाढी प्रभावित दुर्गम समुदायमा भरपर्दो विद्युत् उपलब्ध गराउन ती ट्रेलर परिचालन गर्नेछ। भोटेकोशी बाढीका कारण विद्युत् तथा अन्य आधारभूत सेवामा समस्या भएका क्षेत्रमा यसको प्रयोग हुने छ ।

सोलार चार्जिङ ट्रेलर अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले अमेरिकी न्याय विभागसँगको सहकार्यमा उपलब्ध गराएको अमेरिकी राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?