+
+
Shares

सांसदहरूको चिन्ता- बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकार सचेत हुनुपर्छ

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले सरकार प्रभावित क्षेत्रको जनस्वास्थ्यमा गम्भीर बन्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:१९

१८ भदौ, काठमाडौं । सांसदहरूले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य महामारी फैलिन नदिने गरी व्यवस्थापन गर्न र पूर्व सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले सरकार प्रभावित क्षेत्रको जनस्वास्थ्यमा गम्भीर बन्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा. ओजस्वी शेरचनले स्थलगत रूपमा आएका अध्ययन विश्लेषणका आधारमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य स्थिति गम्भीर छ भन्ने देखाएको बताइन् ।

रसुवामा रहेका स्वास्थ्य चौकीहरू, सामाुदायिक स्वास्थ्य इकाइहरू पूर्ण रूपमा ध्वस्त भएको बताउँदै उनले धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको बताइन् ।

‘स्वास्थ्य चौकी नै नरहेको अवस्थामा महामारी फैलिन नदिन त्यहाँ तत्काल अस्थायी स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य परीक्षण गरेर स्किृनिङ गरियोस्’, उनले भनिन् ।

बाढी प्रभावित क्षेत्रमा औषधि मात्रै पर्याप्त नरहेको बताउँदै उनले स्वस्थ खानेपानी र नियमित सरसफाइ सुनिश्चित गर्न आवश्यक रहेको बताइन् ।

रास्वपाकै सांसद बुद्धीप्रसाद पन्तले बेपत्ताहरूको खोजी जारी रहेको बताउँदै सरकारले गरेका राम्रा कामको भविष्यमा लेखाजोखा हुने बताए । विदेशी राष्ट्रहरूको समेत सहयोग लिएर विपद्बाट अगाडि जानेगरी सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

अर्का सांसद बुद्धरत्न महर्जनले आपुर्ति व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताए । यस्तो बेला कालोबजारी हुनसक्ने भनेर सरकारलाई सतर्क रहन आग्रह गरे ।

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बेपत्ताका आफन्त आसमा रहेको बताइन् ।  सुरुङभित्र फसेकाहरूको उद्धारका लागि समयमै विदेशीको सहयोग नलिएकामा उनले दु:ख व्यक्त गरिन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले महिला तथा बालबालिका थप संकटमा पर्नसक्ने बताउँदै सरकारले त्यसको ख्याल गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसकी सांसद सिता थपलियाले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरिन् । तर, प्रभावकारी उद्धार नभएको भनेर प्रश्न उठ्न थालेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?