+
+
Shares

सरकारलाई वर्षमानका १८ सुझाव : दातृ सम्मेलन आयोजना गर, क्षतिपूर्ति माग

उनले प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव दिँदै जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समूदायलाई अपिल गर्न पनि अनुरोध गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:१०

१८ भदौ, काठमाडौं । नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा भावी जोखिम न्यूनीकरणका लागि दातृ सम्मेलन आयोजना गर्न सरकारलाई सुझाव दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव दिँदै जलवायु परिवर्तनबारे संयुक्त राष्ट्रसंघको महासभामा गएर विश्व समूदायलाई अपिल गर्न पनि अनुरोध गरेका छन् ।

‘विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन, विश्वव्यापी तापमान वृद्धिका कारणले हिमालय क्षेत्रमा भएको विपद्‌को वृद्धि तथा रसुवा भोटेकोशी महाविपत्ति आएको तथ्य अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने र क्षतिपूर्ति दाबी गर्ने । यसका लागि सम्माननीय प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई विश्व समुदायलाई अपिल गर्ने’ पुनको सुझाव छ ।

हिमनदी पग्लने क्रम, हिमतालको जोखिम, चट्टान-हिमपहिरो, हिमपहिरो, बाढी तथा पहिरोजस्ता जलवायुजन्य हिमाली विपद् न्यूनीकरणका लागि ‘राष्ट्रिय हिमालय जलवायु तथा विपद् कोष’ स्थापना गर्न पनि उनले सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गरी हिमाली क्षेत्रमा पूर्वसूचना, अनुसन्धान, अनुकूलन र सुरक्षित पूर्वाधार विकासमा लगानी गर्न पनि उनको सुझाव छ ।

नेपाल-चीन संयुक्त हिमालय विपद् निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना गर्ने, संयुक्त वैज्ञानिक टोलीद्वारा नियमित क्षेत्रीय अध्ययन गर्ने पनि उनको सुझाव छ ।

विपद्ले क्षति पुऱ्याएका सडक, पुल, बजार, बस्ती तथा जलविद्युत् संरचनाको पुनर्निर्माणअघि विस्तृत बहुविपद् जोखिम मूल्याङ्कन गर्ने र सोको आधारमा सुरक्षित स्थानमा पुनर्स्थापना तथा जलवायु-प्रतिरोधी पूर्वाधार निर्माण गर्ने पनि उनको धारणा छ ।

वर्षमान पुनले दिएका पूरा सुझाव : 

!1

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?