News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा १० भदौको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।
- नेपाली सेनाले आज बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि खोजी तथा उद्धार सुरु गरेको थियो।
- नेपाल आर्मी र सशस्त्र प्रहरीको टोलीले ती दुई जनालाई उद्धार गरेको हो।
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।
खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको बताएका छन् ।
आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।
लगत्तै अहिले दुई जना पेला परेका हुन् । नेपाल आर्मी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4