News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउने क्रममा विद्यालयको पिल्लरबाट लडेर रुद्रप्रसाद गौतमको मृत्यु भएको छ।
- शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाँदै गर्दा गौतम जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए।
- टाउकोमा गहिरो चोट लागेका गौतमको धुसेनी देउराली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१९ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब ११ बजे महाकालीदेवी मन्दिरमा पूजा गर्न जाने क्रममा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा जागृति माध्यमिक विद्यालयको करिब ६ फिट अग्लो पिल्लर गेटबाट लडेका थिए।
लडेर टाउकोमा गहिरो चोट लागेका गौतमलाई उपचारका लागि धुसेनी देउराली अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढाडखर्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4