+
+
Shares

कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १४:४०

१९ भदौ, काठमाडौं । मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ ।

यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ । यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौं ल्याउन सकिने भएको छ ।

विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको  छ ।

मालबाहक सवारी साधनको हकमा कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागवेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलङ्की–सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने गरी रुट तय भएको छ ।

सो रुटमा समस्या आएको अवस्थामा सवारी साधन मुग्लिङ–नारायणघाट–हेटौडा–भैसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न पाउने गरी रुट तोकिएको छ ।

गुडाएर लैजाने नयाँ सवारी साधनलाई तत्कालका लागि हेटौडातर्फकै रुट तय गरिएको छ । रसुवागढी नाका प्रलयकारी बाढीले तहसनहस भएसँगै अहिले मुस्ताङस्थित कोरला नाका विकल्पका रुपमा प्रयोग भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?