+
+
Shares

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी विभागले भदौ २२ र २३ गते विभागबाट प्रवाह हुने सबै सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
  • विभागले सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ।
  • विभागले सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सूचना प्रकाशित गरेको जनाएको छ।

१९ भदौ, काठमाडौँ । राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?