News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीको बाढीपछि मान्छे फसेको आशंकामा खोजी कार्य जारी राखिएको छ ।
- नेपाली र भारतीय उद्धार टोलीले भग्नावशेष, पानी र माटो हटाएर सुरुङको छत नजिकै पुगिरहेका छन् ।
- भारतीय राजदूत नविन श्रीवास्तवका अनुसार स्याफ्रुबेसीबाट सुरुङको पोर्टलसम्म पहुँच मार्ग बनाउने काम पनि भइरहेको छ ।
२० भदौ, काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भोटेकोशीमा आएको बाढीपछि मान्छे फसेको शंकासहित खोजी कार्य जारी राखिएको छ ।
नेपाली र भारतीय उद्धार टोलीले निरन्तर भग्नावशेष हटाउने काम गरिरहेका हुन् ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पानी र माटो हटाउने कार्य भइरहेको र चिलिमेस्थित सुरुङको छत नजिकै पुगेको जानकारी गराएका छन् ।
उनका अनुसार, यसरी बाटो खनेर खाली गराउँदा भारी मेसिनरीहरू सुरुङको धेरै भित्रसम्म लैजान सकिने छ ।
साथै नजिकैको स्याफ्रुबेसीबाट सुरुङको ढोका (पोर्टल) सम्म पुग्ने पहुँच मार्ग बनाउने काम पनि भइरहेको उनले बताएका छन् ।
‘अप्ठ्यारो भूभाग र साँघुरो उपत्यका भएकाले ठूला हेलिकप्टरको प्रयोग सम्भव छैन,’ उनले लेखेका छन्, ‘पहुँच मार्ग बनेपछि घटनास्थलमा एक्साभेटर ल्याउन सकिनेछ र यसले उद्धार कार्यमा सहयोग पुर्याउनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4