+
+
Shares

टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा पहिरो खस्दा कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ।
  • पहिरो झर्ने क्रम नरोकिएकाले यो राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्।
  • उपकरणसहितको टोली तैनाथ भए पनि पहिरो पन्छ्याउन समस्या भएको ललितपुर प्रहरीले जनाएको छ।

२१ भदौ, काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडास्थित टाकुर्चेमा खसेको पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।

ललितपुर प्रहरीका अनुसार पहिरो झर्ने क्रम नरोकिएकोले शनिबार साँझदेखि यो राजमार्गमा सवारी साधनहरू चल्न सकेका छैनन् ।

उपकरणसहितको टोली पहिरो खसेको स्थलमा तैनाथ भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छ्याउन समस्या भएको ललितपुर प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत काठमाडौं-मुग्लिन सडकखण्डको कृष्णभिर र परेवाभिरमा १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएपछि यो राजमार्ग बन्द छ । जसका कारण हेटौंडा-काठमाडौं आउजाउ गर्ने तीन वटा रुटमा सवारी साधनको चाप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?