News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बडीमालिका नगरपालिका-८ र ९ मा अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर-गोठमा क्षति पुर्याएको छ।
- जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नरे रावल, करे थापा र दिपक बिकको घर तथा चार जनाको गोठमा क्षति पुगेको छ।
- पहिरोले खाद्यान्न, लत्ताकपडा र पशुचौपायमा पनि क्षति गरेको प्रहरीले जनाएको छ।
२१ भदौ, काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि पहिरो खस्दा सात वटा घर-गोठमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुरका अनुसार गए राति ८ बजेदेखि परेको अविरल वर्षापछि माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका-८ कोठ्याराका नरे रावल, वडा नम्बर ९ का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको छ ।
पहिरोले वडा नम्बर-९ का मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा क्षति पुगेको छ ।
घर तथा गोठमा पहिरो खस्दा खाद्यान्न, लत्ताकपडा तथा पशुचौपायमा क्षति गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4