+
+
Shares

गगनसँग शेखरले भने- पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार छु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १३:५४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्याग गर्न तयार रहेको बताएका छन्।
  • आज सभापति गगन थापासँगको भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए।
  • दुई नेताबीच कांग्रेसको आन्तरिक समस्या समाधान र रसुवा, नुवाकोट तथा धादिङको बाढीग्रस्त अवस्थाबारे छलफल भएको छ।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् ।

सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको बताएका थिए ।

‘पार्टी एकढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पार्नुभयो,’ भेटमा कोइरालाले राखेको विचारबारे उनको सचिवालयले भन्यो ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताएका थिए ।

भेटमा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधान र बाढीग्रस्त क्षेत्रको अवस्थाबारे चर्चा भएको थियो ।

रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?