+
+
Shares

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि आंशिक बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुइन खोलामा पहिरो रोकथामका लागि आज बिहानदेखि नारायणगढ–मुग्लिन सडक खण्ड आंशिक बन्द हुने चितवन प्रशासनले जनाएको छ।
  • कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने सूचनामा उल्लेख छ।
  • सडक बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० देखि ११ बजेसम्म, १ बजेदेखि १ः३० बजेसम्म, ३ः५० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि सञ्चालन गरिनेछ।

२२ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ ।

तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जारी गरेको सूचनामा छ ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।‘

धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा छ ।

सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउन लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ ।

तोकिएको बाहेक समयमा उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?