+
+
Shares

जोखिमपूर्ण अवस्थाले खोजी तथा उद्धार अवरुद्ध हुनुहुँदैन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई रसुवा बाढीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य कठिन भौगोलिक अवस्था र क्षतिग्रस्त सडकका कारण रोक्न नहुने बताएका छन्।
  • उनले चुनौतीपूर्ण र जोखिमपूर्ण परिस्थितिमा खोज तथा उद्धार कार्य निरन्तरता दिनुपर्नेमा जोड दिँदै उद्धारकर्मीको साहस र समर्पणको प्रशंसा गरे।
  • राष्ट्रपति पौडेलले प्रभावित नागरिक भएका सम्बन्धित देशका सरकार र कूटनीतिक नियोगसँग सहकार्य गर्ने बताएका छन्।

२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई रसुवा बाढीमा हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य रोक्ने कारण बनाउन नहुने बताएका छन् ।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपत्तिका कारण विभिन्न क्षेत्रमा व्यक्ति हराइरहेको अवस्थामा चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ राष्ट्रपति पौडेलले भने ।

उद्धार कार्यमा संलग्न व्यक्तिहरूले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको भन्दै उनले प्रशंसा पनि गरे ।

‘वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु,’ राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले रसुवा बाढीबाट प्रभावित नागरिकहरू भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग सहकार्य गर्ने पनि बताए ।

‘यस कठिन घडीमा नेपालले सामना गरिरहेको यस विशाल चुनौतीका बीच तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराई द्रुत सहयोग र सहकार्य प्रदान गर्नुहुने हाम्रा छिमेकी मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?