+
+
Shares

दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्दै संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्न लागेको छ ।
  • समितिले पर्सि बिहान १० बजे सिंहदरबारस्थित सभाकक्षमा बैठक राखेको छ ।
  • बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई बोलाइएको छ ।

२२ भदौ, काठमाडौं । संसदीय समितिले दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनबारे छलफल गर्दै छ ।

मूल्यवृद्धि लगायतको विषयमा समाजमा प्रश्न उठिरहेका बेला प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले छलफल गर्न लागेको हो ।

यसका लागि पर्सि बिहान १० बजे श्रम तथा उपभोक्ता हित समितिको बैठक राखिएको छ ।

बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमै बस्नेछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको छ ।

उद्योगमन्त्री  चौधरी र उद्योगसचिव दुवाडीलाई बोलाएर संसदीय समितिले प्याज, चिनी, ग्यास लगायतका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि र आपूर्ति व्यवस्थापनबारे छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?