+
+
Shares

कम्फर्ट, डिजाइन र प्रविधियुक्त एसयूभी ‘निभो क्यू ०५’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिपल निभो क्यू ०५ लाई कम्फर्ट, डिजाइन र प्रविधिको संयोजनमा तयार गरिएको एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।
  • क्यू ०५ मा २ हजार ७३५ एमएम ह्विलबेस, ५४० लिटर बुट स्पेस र २९ वटा क्याबिन स्टोरेज स्थान दिइएको कम्पनीले जनाएको छ ।
  • कम्पनीका अनुसार क्यू ०५ मा ५१.९ किलोवाट आवरको ब्याट्री, ३ सी चार्जिङ र करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने क्षमता छ ।

२३ भदौ, काठमाडौं । दिपल निभो क्यू ०५ लाई कम्फर्ट, डिजाइन र प्रविधिको संयोजनमा तयार गरिएको एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार यी तीन पक्षलाई केन्द्रमा राखेर क्यू ०५ को विकास गरिएको हो ।

क्यू ०५ मा २ हजार ७३५ एमएमको ह्विलबेस दिइएको छ । यसले सहरी प्रयोगका लागि उपयुक्त बाहिरी आकार कायम राख्दै क्याबिनमा पर्याप्त स्थान उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

पछाडिको सिटमा तीन जना वयस्क बस्न मिल्ने र सिटलाई २८ वा ३३ डिग्रीमा ढल्काउन सकिने व्यवस्था छ । नौ तहमा तयार गरिएको सिट तथा ६७ भन्दा बढी एनभीएच नियन्त्रण उपायले यात्राका क्रममा आराम र क्याबिनको शान्त वातावरणमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।

क्यू ०५ मा ५४० लिटरको बुट स्पेस उपलब्ध छ । यसबाहेक ९० लिटरको अतिरिक्त लुकेको स्टोरेज र क्याबिनमा २९ वटा स्टोरेज स्थान दिइएको छ ।

क्यू ०५ को डिजाइन चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट क्लाउस जिकोराको नेतृत्वमा तयार गरिएको कम्पनीले जनाएको छ । यसको विकास प्रक्रियामा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञ सहभागी भएको बताइएको छ ।

क्यू ०५ ले सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ । यसमा ‘गोल्डेन प्रोपोर्सन’, डिजिटल विङ २.० फ्रन्ट सिग्नेचर र स्टार–रिङ म्याट्रिक्स टेललाइट प्रयोग गरिएको छ । यसको ड्र्याग कोइफिसियन्ट ०.२६५ सीडी रहेको छ ।

कम्पनीका अनुसार प्रविधितर्फ क्यू ०५ मा ५१.९ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसमा ‘गोल्डेन शिल्ड ब्याट्री २.०’ प्रविधि र ३ सी चार्जिङ आर्किटेक्चर दिइएको छ । उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

क्यू ०५ मा ५४० डिग्री क्यामेरा तथा भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर–असिस्टेन्स फिचर उपलब्ध छन् । त्यस्तै, भीटुएल (भेहिकल–टु–लोड), ओभर–द–एयर (ओटीए) अपडेट र एयर क्वालिटी सिस्टमजस्ता फिचर पनि दिइएको छ ।

कम्पनीका अनुसार क्यू ०५ मा कम्फर्ट, डिजाइन र प्रविधिलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा विकास गरिएको छ । एरोडाइनामिक डिजाइनले ऊर्जा दक्षता र क्याबिन रिफाइनमेन्टमा सहयोग गर्ने तथा स्मार्ट प्याकेजिङले बाहिरी आकार नबढाई क्याबिनमा थप स्थान उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

क्यू ०५ को डिजाइन र प्रविधिसँगै सिट, स्टोरेज, ड्राइभर–असिस्टेन्स तथा चार्जिङ प्रणालीजस्ता दैनिक प्रयोगका पक्षलाई समेत प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?