News Summary
Generated by OK AI. Editorially reviewed.- २३ भदौ २०८१ को जेनजी आन्दोलनको आज ३ सय ६५ दिन पूरा भएको छ, र त्यसपछि देशमा धेरै परिवर्तन भएका छन्।
- आन्दोलनकै जगमा बनेको अन्तरिम सरकारले २१ फागुनमा आम निर्वाचन गराएको थियो, र निर्वाचनपछि झण्डै दुई तिहाइ सरकार बनेको छ।
- शासकीय सुधारका १ सय बुँदासहित काम थालेको सरकारले जनअपेक्षा कति पूरा गर्यो भन्ने विषयमा अनलाइनखबरले न्युज रुमबाट रिभ्यु गरेको छ।
२३ भदौ, काठमाडौं । गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज ठ्याक्कै ३ सय ६५ दिन पूरा भएको छ ।
यो एक वर्षको अवधिमा देशमा धेरै परिवर्तन भए । आन्दोलनकै जगमा बनेको अन्तरिम सरकारले २१ फागुनामा आम निर्वाचन गरायो ।
निर्वाचनपछि बनेको झण्डै दुई तिहाइसहितको सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिरहेको छ ।
प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व बालेन शाहले गरिरहेका छन् ।
शासकीय सुधारका १ सय बुँदासहित काम थालेको यो सरकारले जनअपेक्षा कति पूरा गरे ? के आन्दोलनमा होमिएका जेनजीहरू खुसी छन् ? वा सरकारले अझै गर्न बाँकी के छन् र के राम्रा भइरहेका छन् ?
यस्ता विविध विषयमा अनलाइनखबरले न्युज रुमबाट रिभ्यु गरेको छ ।
प्रतिक्रिया 4