+
+
Shares

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन, कृत्रिम अभाव गरे कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीले आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ।
  • मन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन त्यही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साट्ने व्यवस्था गर्न निर्देशन दिएकी छन्।
  • सरकारले काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुने यो व्यवस्था तत्काल कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएको छ।

२४ भदौ, काठमाडौं । हालैको बाढीले आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । तर सरकारले सहज आपूर्तिको वैकल्पिक व्यवस्था गरेको दाबी गरिरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।

काठमाडौं उपत्यकामा उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएको अवस्थामा त्यही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन उनको निर्देशन छ ।

बाढीका कारण सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिन यो नियम ल्याइएको मन्त्रालयको भनाइ छ । यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागु हुनेछ ।

यो व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।

साथै, यो विषम परिस्थितिमा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?